२०७७ सालमा बैंकहरु २१ दिनमात्र बन्द गरिने

२०७७ सालमा बैंकहरु २१ दिनमात्र बन्द गरिने


बैकिङ्ग समाचार । 

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७७ को बैंक तथा वित्तीय संस्थाको विदा सूची सार्वजनिक गरेको छ ।

केन्द्रीय बैंकले प्रकाशित गरेको सूची अनुसार बैंक तथा वित्तीय संस्थाले २१ दिन विदा पाउनेछन् । जसमा देशभरका बैंकले १४ दिन पूर्णकालीन विदा पाउनेछन् भने स्थानीय विदा भने छुट्टा छुट्टै समयमा हुनेछ । यस बाहेक नेपाल सरकारले घोषणा गरेको समयमा सार्वजनिक विदा हुनेछ ।

केन्द्रीय बैंकले पहिलो दिन २०७६ साल सुरुवातको दिन बैशाख १ गते विदा दिएको छ । त्यसपछि विश्व मजदूर दिवस, बुद्ध जयन्ती, भोटेजात्रा, गाइजात्रा, हरितालिका तिज, इन्द्रजात्रा, संविधान दिवस, जितिया पर्व लगायतका दिनमा विदा राखिएको छ।
दशैंका लागि कात्तिक ७ गतेदेखि ११ गतेसम्म (फूलपातीदेखि एकादशीसम्म) विदा दिइनेछ भने दीपावलीको बेला कार्तिक २९ देखि मंसिर १ गतेसम्म ३ दिन (लक्ष्मीपूजादेखि भाइटीका) सम्म बैंकहरु विदा हुनेछन् । फागु जयान्ति, गुरु नानक जयान्ति, महिला दिवस, फागू पूर्णिमा आदीमा पनि बैंकमा विदा हुनेछ।

शुक्रबार आधा दिन विदा हुनेछ भने केही क्षेत्रीय विदाहरुलाई समेत केन्द्रीय बैंकले आफ्नो सूचीमा समावेश गरेको छ । जसमा सम्बन्धित क्षेत्रका बैंकहरुको कारोबार मात्र सो दिन बन्द हुनेछ । केही विदा जातीयताका आधारमा समेत तय गरिएको छ । विशेष जातको विशेष पर्वमा ती जातजातिसँग सम्बन्धित बैंक कर्मचारीले जनशक्ति व्यवस्थापन विभागमा अग्रिम रुपमा जानकारी गराएर विदा लिन पाउनेछन्।

यस्तै बैंकिङ्ग कार्यालय कात्तिक १५ देखि माघ १५ गतेसम्म बिहान १० देखि अपराहन्न ३ बजेसम्म हुने छ । वैशाखदेखि कात्तिक १४ सम्म र माघ १६ देखि चैतसम्म कार्यालय बिहान १० देखि अपराहन्न ४ बजेसम्म खुला हुने राष्ट्र बैंकले जनाएको छ । 

\"\"