सिभिल बैंकले सवारीमा सहुलियत कर्जा दिने

सिभिल बैंकले सवारीमा सहुलियत कर्जा दिने


बैंकिङ्ग समाचार ।

सिभिल बैंक र विवेक अटोमोवाइल्स्बीच व्यावसायिक सहकार्य सम्झौता पत्रमा हस्ताक्षर भएको छ। उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ तथा विवेक अटोमोवाइल्स्का तर्फबाट अध्यक्ष विवेक दुगडले हस्ताक्षर गरे । 

उक्त सम्झौतापत्र अनुसार विवेक अटोमोवाइल्स्बाट पियाजियो ब्रान्डका तीन पाङ्ग्रे सवारी खरिद गर्न महिला ग्राहकलाई विवेक अटोमोवाइल्स्को सिफारिसमा सिभिल बैंकले ७० प्रतिशतसम्म ४ वर्षे कर्जा सुविधा प्रदान गर्नेछ।

सो कर्जा नेपाल राष्ट्र बैंकद्वारा जारी ६ प्रतित ब्याज अनुदान कार्यक्रम अन्तर्गत महिलाद्वारा सञ्चालित व्यावसायिक फर्मलाई प्रदान गरिने छ। सो अनुदानपछि वार्षिक व्याजदर ६ दशमलव ९८ प्रतिशतमा सो कर्जा सुविधा प्रदान हुनेछ।