नेपाल पुनर्बीमाको लाभांस घोषणा, हकप्रदको प्रस्ताव साधारणसभाको सूचनामा

नेपाल पुनर्बीमाको लाभांस घोषणा, हकप्रदको प्रस्ताव साधारणसभाको सूचनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार, काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले २० प्रतिशत लाभांस घोषणा गरेको छ । सञ्चालक समितिले हाल कायम चुक्ता पूँजीको १६।५ प्रतिशत बोनस शेयर र ३।५ प्रतिशत नगद लाभांस प्रदान गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले पहिलो पटक लाभांस घोषणा गरेको हो । अहिलेसम्मको सञ्चित मुनाफाबाट उक्त लाभांस प्रस्ताव गरिएको कम्पनीले जनाएको छ । कम्पनीले पुनर्बीमा व्यवसाय थप विस्तार गर्न थप पूँजीको लागि सरकार सँग प्रस्ताव माग्दै आएको छ ।

पूँजी बढाउनका लागि अर्थमन्त्रालय र बीमा समितिको स्वीकृति लिनु पर्छ । कम्पनीमा नेपाल सरकारको स्वामित्व सबैभन्दा धेरै भएकाले सरकारको सहमति लिनु पर्नेछ ।  सरकार र बीमा समितिको स्वीकृति पछि साधारणसभा आह्वान गर्दा हकप्रदको प्रस्ताव जारी हुने कम्पनीले जनाएको छ । कम्पनीले अर्थमन्त्रालय सँग १०० प्रतिशत हकप्रद शेयर निष्काशनको माग राखेको छ । तर सरकारले अन्तिम स्वीकृति दिए पछि मात्रै एकिन हुने कम्पनीले जनाकारी दिएको छ ।

हाल कम्पनीको चुक्ता पूँजी १० अर्ब रुपैयाँ रहेको छ । प्रस्तावित बोनस शेयर वितरण पछि कम्पनीको चुक्ता पूँजी ११ अर्ब ६५ करोड रुपैयाँ पुग्नेछ । कम्पनीले भारत लगायत अन्य देशमा शाखा सञ्जाल विस्तार गर्नका लागि थप पूँजी आवस्यक परेको जनाउदै आएको छ । अर्को तर्फ कम्पनीलाई थप व्यवसाय विस्तार गर्न र नयाँ आएको पुनर्बीमा कम्पनी सँग प्रतिस्पर्धी हुनका लागि पूँजीको माग गर्दै आएको छ ।