सुपर र श्रृजनशील लघुवित्तले आगामी वर्ष लाभांश वितरण गर्न नपाउने

सुपर र श्रृजनशील लघुवित्तले आगामी वर्ष लाभांश वितरण गर्न नपाउने


काठमाडौं- नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षमा दुईवटा लघुवित्त वित्तीय संस्थालाई लाभांश वितरणमा रोक लगाउने भएको छ । केद्रीय बैंकले चालु आर्थिक वर्षमा पुँजी कोष नपुर्याएको भन्दै लाभांशमा रोक लगाउने भएको हो ।

केन्द्रीय बैंकले सुपर र श्रृजनशील लघुवित्तलाई अर्को वर्ष लाभांश वितरणमा रोक लगाएको हो । राष्ट्र बैंकको निर्देशनमा लघुवित्तहरूले कुल जोखिम सम्पत्तिको ४ प्रतिशत प्राथमिक पुँंजी र ८ प्रतिशत पुंँजीकोष कायम गर्नुपर्ने व्यवस्था छ । सो व्यवस्था कायम नगरेको कारण नै बैंकले लाभांश वितरणमा रोक लगाएको हो ।

सो संस्थाहरुलाई शीघ्र सुधारात्मक कारवाही सम्बन्धी विनियमावली २०७४ को विनियम ३ बमोजिमको कारवाही गरेको केन्द्रीय बैंकले उल्लेख गरेको छ । त्यस्तै, सुपर लघुवित्त वित्तीय संस्थाले भने कर्जा वर्गीकरण तथा कर्जा नोक्सानी व्यवस्था पनि उल्लघन गरेको पाइएको छ ।

बैंकले अरु ५५ वटा लघुवित्त संस्थाहरूले भने पुंँजीकोष सम्बन्धी निर्देशनको पालना गरेको उल्लेख गरेको छ ।

याे पनि