शिखर इन्स्योरेन्सले सोध्यो \’संस्थापक शेयरलाई साधारणमा परिवर्तन गर्ने कि नगर्ने?\’

शिखर इन्स्योरेन्सले सोध्यो \’संस्थापक शेयरलाई साधारणमा परिवर्तन गर्ने कि नगर्ने?\’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ समाचार ।
शिखर इन्स्योरेन्स Shikhar Insurance Company  ले संस्थापक र साधारण  शेयर संरचना अनुपात ५१:४९ कायम गर्ने भएको छ  । हाल कम्पनीमा संस्थापक शेयरको हिस्सा ६० प्रतिशत रहेकोमा त्यसलाई ५१ प्रतिशत कायम गर्न लागेको हो। 

संस्थापक र सर्बसाधारणको शेयर अनुपात ५१:४९ कायम गर्ने प्रस्ताव कम्पनीको साधारणसभाले पारित गरेको थियो । यसको लागि प्रबन्धपत्र  नियमावलीमा पनि संशोधन गरिएको र बीमा समितिबाट स्वीकृति प्राप्त भईसकेको कम्पनीले जनाएको छ । 

यस संग कम्पनीले आफ्नो संस्थापक शेयर परिवर्तन गर्ने कि नगर्ने भन्ने निर्णय दिन सबै संस्थापक शेयरधनीलाई पत्राचार गरिएको जनाएको छ । यदि पत्र प्राप्त नभएको भए ३५ दिन भित्र शेयर परिवर्तन गर्ने कि नगर्ने भन्नेबारे निवेदन मार्फत निर्णय दिन कम्पनीले आग्रह गरेको छ । यदि निवेदन प्राप्त नभएको शेयर परिवर्तनको लागि मन्जुर रहेको ठानी सोहि अनुसार प्रक्रिया बढाईने कम्पनीले जनाएको छ  ।