मेटलाइफका ग्राहकले अब अनलाइनबाटै बीमा दावी गर्न सक्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार ।   
मेटलाइफ नेपालले यसै साताबाट  अनलाइन दावी इन्टिमेसन सेवा सुचारु गरेको छ। जसबाट ग्राहकहरूले आवश्यक कागजातसहित अनलाइन माध्यमबाट सजिलो तरिकाले बीमा दावी गर्न सक्छन्।

यसरी अनलाइन अपलोड भएका आवश्यक जानकारीहरु पाउनसाथ मेटलाइफको दावी टोलीले तुरून्त प्रक्रिया सुरु गर्ने कम्पनीले जनाएको छ।मेटलाइफले अनलाइन बीमा दरखास्त, प्रीमियम भुक्तानी तथा केवाइसी अपडेट र  नयाँ ग्राहक सेवा एप प्रयोगमा ल्याइसकेको छ।

बीमा दावी प्रकृयालाई सहज बनाउने प्रयास गरिएको मेटलाइफ नेपालका उपनिर्देशक तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठले बताए। जसबाट ग्राहकहरुले कार्यालयहरूमा भौतिक रूपमा उपस्थित नभई सबै सेवाहरू सहज रूपमा प्राप्त गर्न सक्ने उनले जानकारी दिए।