जनरल इन्स्योरेन्सको नायव प्रमुख कार्यकारी अधिकृतमा राम चन्द्र श्रेष्ठ

जनरल इन्स्योरेन्सको नायव प्रमुख कार्यकारी अधिकृतमा राम चन्द्र श्रेष्ठ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार । 
जनरल इन्स्योरेन्सको नायव प्रमुख कार्यकारी अधिकृतमा राम चन्द्र श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको चैत २४ गते सम्पन्न भएको संचालक समितिको बैठकले श्रेष्ठलाई नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

श्रेष्ठलाई चार वर्षे कार्यकालका लागि सो पदमा नियुक्त गरिएको कम्पनी सचिव राम प्रसाद पौडेलले जानकारी दिए ।  सोही बैठकले विशेषज्ञ स्वतन्त्र संचालक पदमा ज्ञानेश्वर आचार्यलाई नियुक्त गरेको छ ।

साथै, उक्त मितिमा सम्पन्न भएको संचालक समितिको बैठकले कम्पनीका संचालक शशिराज बज्राचार्यको राजीनामा स्वीकृत गरेको छ ।