बैंकिङ्ग समाचार ।
एनआईसी एसिया बैंकले निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने सुविधा सञ्चालनमा ल्याएको छ। यस योजनाअन्तर्गत बैंकका देशभर फैलिएका शाखा र विस्तारित काउन्टरबाट एक ठाउँबाट अर्को ठाउँमा सित्तैमा आन्तरिक रेमिट्यान्स रकम पठाउन सकिनेछ।
उक्त योजना अनुसार फागुन १८ गतेदेखि वैशाख १७ गतेसम्म देशभित्र रकम पठाउँदा कुनै पनि शुल्क नलाग्ने व्यवस्था बैंकले गरेको छ।
बैंकका ३१९ शाखा, १०७ विस्तारित काउन्टर, ५६ वटा शाखारहित बैंकिङ इकाई एवम् ९ हजारभन्दा बढी सहायक प्रतिनिधिमार्फत सरल रुपमा भुक्तानी पाउन सकिनेछ।



About Us
प्रतिक्रिया