काठमाडाैं– गत सोमबारदेखि ग्राउण्डेड नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी जहाज मर्मत पश्चात् नियमित उडानमा फर्किएको छ । उक्त जहाज प्राविधिक मर्मतपछि आजदेखि नियमित उडानमा आएको हो ।
गत सोमबार काठमाडौं–दोहा उडानको तयारीमा रहेको उक्त जहाजको ‘फ्लाइट कन्ट्रोल सेन्सर’मा समस्या देखिएपछि ग्राउन्डेड भएको थियो । जहाजको आवश्यक पार्टपुर्जा बेलायतबाट ल्याएर मर्मत गरिएको हो । वाइडबडी जहाज मर्मतपछि अपरान्ह ४ बजे २६७ यात्रु लिएर दुबईका लागि उडेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।
निगमको अन्तर्राष्ट्रिय उडानका लागि दुई थान न्यारो बडी र दुई थान वाइड बडी जहाज छन् । तीमध्ये एक न्यारो बडी जहाज मर्मतका लागि हालै इजरायल पठाइएको छ ।
प्रतिक्रिया