नेपाल लाइफको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाई नियुक्त

नेपाल लाइफको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाई नियुक्त


बैकिङ्ग समाचार।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाईलाई नियुक्त गरेको छ। 

प्रसाइ कम्पनीमा कामु प्रमुख कार्यकारी अधिकृत थिए। बिवेक झा कार्यकाल सकेर बाहिरिएपछि प्रमुख कार्यकारी पद रिक्त थियो। प्रसाइको नियुक्तिपछि बीमा समितिसँग स्वीकृति माग गरिएको छ।

समितिले एक महिनाभित्र कुनै जबाफ नदिए प्रसाई स्वत प्रमुख कार्यकारी हुने छन्। उनी चार्टर्ड एकाउन्टेन्ट हुन्। प्रसाईसँग नियामक निकाय बीमा समितिमा काम गरेको अनुभव पनि छ।

कम्पनीको सञ्चालक समितिले मंगलबार नै उनलाई प्रमुख कार्यकारी नियुक्त गरेको हो। बुधबार साधारणसभा थियो। बुधबारको साधारणसभाले सर्वसाधारणबाट दुई जना सञ्चालक चयन गरेको छ।

यससँगै ५१ प्रतिशत लाभांश पनि पारित गरिएको छ। कम्पनीले ३१ प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो। कम्पनीको चुक्ता पुँजी ७ अर्ब १९ करोड ९९ लाख रुपैयाँ पुगेको छ।