अभिकर्ताको अनलाइन परीक्षा उत्तीर्ण गर्नेको संख्या १ हजार २९६ पुग्यो

अभिकर्ताको अनलाइन परीक्षा उत्तीर्ण गर्नेको संख्या १ हजार २९६ पुग्यो


बैंकिङ्ग समाचार, काठमाडौं ।

नेपाल बीमा प्राधिकरणले अनलाइन माध्यमबाट लिन थालेको परीक्षाबाट हालसम्म १ हजार २९६ जनाले अभिकर्ता इजाजतपत्र परीक्षा उत्तीर्ण गरेका छन्। छैटौँ चरणमा गत पुस १ गतेदेखि पुस ३ गतेसम्म सञ्चालित अनलाइन परीक्षाबाट थप २११ जनाले अभिकर्ता इजाजतपत्र परीक्षा उत्तीर्ण गरेका छन्।

योसँगै अभिकर्ता इजाजतपत्र परीक्षा उत्तीर्ण गर्नेको संख्या १ हजार २९६ पुगेको छ। प्राधिकरणले गत कात्तिकदेखि अभिकर्ता इजाजतपत्र वितरण गर्न अनलाइन माध्यमबाट परीक्षा सञ्चालन गर्न सुरु गरेको थियो।