बैंकिङ्ग समाचार, काठमाडौं ।
एनआईसी एशिया क्यापिटल लिमिटेडले निष्कासन गरेको एनआईसी एशिया ग्रोथ फण्ड–२मा आवेदन दिने आज मंसिर १८ गते अन्तिम दिन रहेको छ।
क्यापिटलले प्रतिइकाइ १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँबराबरको १० करोड इकाइ बिक्री खुला गरेको छ। निष्काशन गरिएको कुल इकाइमध्ये कुल बिक्री भएको इकाइ संख्याको १५ प्रतिशत वा १ करोड ५० लाख इकाइ कोष प्रवर्द्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाइ सर्वसाधरणलाई बिक्री खुला गरिएको छ।
सीडीएससीका अनुसार हिजो आइतबार साँझ ५ बजेसम्म यो योजनामा ५५ हजार २९५ आवेदकबाट ८ करोड ४३ लाख ४७ हजार २१० इकाइ खरिदका लागि आवेदन परिसकेको छ। यो योजनामा न्यूनतम १०० इकाइका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ करोड इकाइसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ।
सातवर्षे अवधिको यस योजनाका इकाइ खरिदका लागि लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन्।



About Us
प्रतिक्रिया