बैंकिङ्ग समाचार, काठमाडौं ।
पाल्पाको तिनाउ गाउँपालिका वडा नं ४ सत्यवती ताल तथा मन्दिर संरक्षण समितिका अध्यक्ष दान बहादुर गाहाले भने “एकादशीदेखि पूर्णिमासम्म चलेको पाँच दिने धार्मिक मेलाबाट १८ लाख ५० हजार ३३१ रुपैयाँ भेटी संकलन भएको छ।”
कार्तिके पूर्णिमा कार्तिक महिनामा परेमा जोग पर्ने मान्यताका साथ धेरै भक्तजन आउने गरेका छन् । यो वर्ष अधिकमासका कारण कार्तिके पूर्णिमा मंसिर महिनामा परेको हो । जसका कारण गत वर्षको लुतनामा केही पोहोर सालभन्दा झण्डै ३ लाख भेटी कम उठेको समितिले जनाएको छ ।
यहाँ मध्यरातमा चिच्याएर वर माग्ने प्रचलन छ । त्यसका लागि नेपालका विभिन्न जिल्लासँगै भारतबाट समेत भक्तजन समेत आउने गर्दछन् । ती भक्तजनहरूले चढाएको भेटीबाट मन्दिर र ताल व्यवस्थापन गर्ने समितिले जनाएको छ ।



About Us
प्रतिक्रिया