बैंकिङ्ग समाचार, काठमाडौं ।
स्वास्थ्य बीमा बोर्डले करारमा नियुक्तिका लागि मेडिकल अधिकृत र फार्मेसी अधिकृत पदमा आवेदन खुला गरेको छ । बोर्डले मेडिकल अधिकृत आठौ तह र फार्मेसी अधिकृत सातौं तहका लागि ३ ३ जना कर्मचारी नियुक्ति गर्न दरखास्त आह्वान गरेको हो । मेडिकल अधिकृतका लागि एमबिबिएस तह र फार्मेसी अधिकृतका लागि फार्मेसी विषयमा स्नातक तह उतीर्णले आवेदन दिन सक्नेछन् ।
बोर्डका अनुसार ईच्छुक उम्मेदवारले मसिर १५ गतेभित्र कार्यालय समयमा आवेदन दर्ता गराउनुपर्नेछ। आवेदकले परिक्षा दस्तुर वापत १ हजार २ सय रुपैयाँ शुल्क तिर्नुपर्नेछ।
प्रतिक्रिया