शेयर कारोबारमा चलखेल गरेपछि रिलायन्स र अम्बानीलाई ४० करोड जरिवाना

शेयर कारोबारमा चलखेल गरेपछि रिलायन्स र अम्बानीलाई ४० करोड जरिवाना


बैंकिङ्ग समाचार ।
सेक्यूरिटिज एण्ड एक्सचेन्ज बोर्ड अफ इण्डिया(सेबी)ले शेयर कारोबारमा अस्वभाविक चलखेल गरेको भन्दै भारतीय उद्योगपति मुकेश अम्बानी र उनी अध्यक्ष रहेको रिलायन्स इण्डष्ट्रिलाई गरि कुल ४० करोड भारु जरीवाना लगाएको छ ।

सेबीले मुकेशलाई १५ करोड र रिलायन्स इण्डष्ट्रिलाई २५ करोड भारतीय रुपैयाँ गरी कुल ४० करोड भारु जरिवाना लगाएको हो । सेबीले रिलायन्स पेट्रोलियम लिमिटेडको शेयर कारोबारमा चालखेल गरेको वा गडबडी गरेको कारण उक्त जरिवाना लगाएको हो । सेबीले अम्बानी बाहेक मुम्बई एसइजेड प्राइभेट लिमिटेडलाइ २० करोड र मुंइ एसइजेडलाइ १० करोड भारु जरिवाना लगाएको हो ।

सन २००७ मा रिलाइन्स पेट्रोलियमको शेयर किनबेच गर्दा अम्बानी तथा रिलायन्स इण्डष्ट्रिजले गडबडी गरेको भन्दै उक्त जरिवाना गरेको सेबीले जनाएको छ ।

सेबीले २००७ मा रिलायन्स पेट्रोलियमको शेयर क्यास वा फूचर्स सेग्मेन्टमा खरिद बिक्रीका क्रममा भएको अनियमितता गरेपछि उक्त जरिवाना गरेको हो । सो समयमा रिलायन्सले रिलायन्स पेट्रोलियममा रहेको ४.१ प्रतिशत हिस्सेदारी एक सूचिकृत सहायक कम्पनीलाइ बिक्री गर्ने निर्णय गरेको थियो । जुन कम्पनी २००९ मा रिलायन्समा विलय भएको थियो ।

धितोपत्र बजारमा शेयर कारोबार हुदाँ शेयर संख्या वा मूल्यमा हुने कुनै पनि प्रकारको अनियमितताले लगानीकर्ताको बजारप्रतिको विश्वास कमजोर बनाउछ ।

सेबीका अनुसार रिलायन्स पेट्रोलियमको शेयर एफएण्डओ सेगमेन्ट अन्तर्गतको कारोबारमा रिलायन्स सहभागी भएको जानकारी लगानीकर्ताहरुलाइ थिएन । यसकारणले रिलायन्स पेट्रोलियमको एफएण्डओ सेगमेन्टमा कारोबार हुदाँ शेयर मूल्य प्रभावित भएपछि अन्य लगानीकर्तालाइ नोक्सान पुगेको थियो ।