काठमाडौं – जिल्ला प्रहरी कार्यालय पर्साले भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका २२ लाख २ हजार ७ सय बराबरका माल वस्तुसहित तीन वटा गाडी नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार मंसिर ६ गते दिउँसो करिब १२ ४० बजे वीरगञ्ज महानगरपालिका–१० रानिघाटबाट भारतबाट भन्सार छली ल्याइएको ४ लाख २३ हजार ५ सय बराबरको ईभी अटोसहित खाद्यान्न सामग्री बरामद गरिएको थियो।
त्यसैगरी, मंसिर ७ गते साँझ करिब ७ बजे वीरगन्ज महानगरपालिका–१७ रामगढवाबाट बीआर ०५ जीसी ५८४० र बीआर ३१ जी ९७१७ नम्बरका दुई वटा पिकअप गाडीमा भन्सार छली ल्याउँदै गरिएको रु। १७ लाख ७९ हजार २ सय बराबरका कपडालगायतका सामान बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुवै घटनाबाट गरी कुल २२ लाख २ हजार ७ सय बराबरका माल वस्तु तथा तीन वटा गाडी नियन्त्रणमा लिइएको हो।
बरामद गरिएका सामान तथा गाडी आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालय, पर्सामा बुझाइएको प्रहरीले जनाएको छ।




About Us
प्रतिक्रिया