बैंकिङ्ग समाचार ।
प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ ।
कम्पनीको मंसिर १२ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद (कर प्रयोजनका लागि)गरी कुल १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
यस अनुसार इन्स्योरेन्सले १५ करोड ८१ लाख २५ हजार २२६ रुपैयाँ बराबरको बोनस शेयर र १८ करोड ७ लाख १४ हजार ५४४ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नेछ। मंसिर १२ गते शुक्रबार बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
प्रस्तावित लाभांश बीमा समिति र कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।






About Us
प्रतिक्रिया