ग्लोबल आइएमई बैंकको संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला


काठमाडौं – ग्लोबल आइएमई बैंकले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले केही संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयर बिक्रीमा राखेको हो।

बैंकले यस अघि विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न मिल्ने गरी बिक्रीमा ल्याएको सो शेयरमा उनीहरूबाट खरिदका लागि आवेदन नपरेपछि सर्वसाधारणमा बिक्रीमा ल्याएको हो।

बैंकले बिक्रीमा ल्याएको शेयर संख्या भने खुलाएको छैन। संस्थापक शेयर खरिद गर्न इच्छुक जो कोही व्यक्ति तथा संस्थाले यो सूचना प्रकाशित भएको आजको मितिले ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित बैंकको रजिष्टर्ड कार्यालयमा सम्पर्क गरी निवेदन दिन सक्नेछन्।