स्नो रिभर्सको ४३ हजार कित्ता साधारण शेयरको लकइन अवधि मंसिर ११ गते सकिँदै


काठमाडौं – स्नो रिभर्स लिमिटेडको सामूहिक लगानी कोषका लागि छुट्याइएको ४६ हजार ८७५ कित्ता साधारण शेयरको लकइन अवधि आगामी मंसिर ११ गते समाप्त हुने भएको छ।

कम्पनीले सार्वजनिक निष्काशन मार्फत निष्काशन गरेको साधारण शेयरमध्ये ५ प्रतिशत शेयरको लकइन अवधि आगामी मंसिरमा सकिन लागेको हो।

कम्पनीको २०८३ जेठ १२ गते सर्वसाधारणमा शेयर बाँडफाँट भएको मितिदेखि ६ महिनाका लागि लकइनमा राखिएको शेयरको अवधि २०८३ मंसिर ११ गते समाप्त कम्पनीले जनाएको छ।