सानिमा बैंकको नाफामा सुधार, अन्य सूचक कस्ता ?


काठमाडौं – सानिमा बैंकको नाफा बढेको छ । बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासको वित्तीय विवरणअनुसा बैंकको नाफा बढेको हो । चालू आर्थिक वर्षको ३ महिनामा बैंकको खुद नाफा १ अर्ब ५ करोड पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ४५ करोड ४२ लाख नाफा कमाएको थियो।

बैंकको नाफा बढ्दा प्रतिशयर आम्दानी र वितरणयोग्य नाफामा पनि सुधार देखिएको छ। बैंकको प्रतिशेयर आम्दानी २९ रुपैयाँ १७ पैसा पुगेको छ। गत वर्षको यही अवधिमा १३ रुपैयाँ १५ पैसा रहेको थियो ।

बैंकको निक्षेप संकलन बढेर २ खर्ब ५४ अर्ब ९३ करोड पुगेको छ। खुद कर्जा तथा सापटी प्रवाह बढेर २ खर्ब ७ अर्ब ४३ करोड पुगेको छ। यस्तै, बैंकको कुल निष्क्रिय कर्जा अनुपात पनि घटेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ३.९१ प्रतिशत रहेको निष्क्रिय कर्जा चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा २.८६ प्रतिशत कायम भएको छ ।