अन्तर्राष्ट्रिय बजारमा एक महिनामा साढे ४ प्रतिशतले घट्यो सुनको मूल्य


काठमाडौं – अन्तर्राष्ट्रिय बजारमा एक महिनाको अवधिमा सुनको मूल्य ४.५८ प्रतिशतले सुनको मूल्य घटेको छ। गोल्ड प्राइस डटकमका अनुसार एक महिनाको अवधिमा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य १९८.८५ अमेरिकी डलरले घटेको हो। जुन साढे ४ प्रतिशतको गिरावट हो।

यससँगै, आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंन्स ४११४ अमेरिकी डलर छ। सुनको मूल्य आज २३.८७ अमेरिकी डल प्रति औंन्सले घटेको छ। जुन, ०.५८ प्रतिशतको गिरावट हो।

यसैगरी, ६ महिनाको अवधिमा सुनको मुल्य प्रतिऔंन्स ५९४ अमेरिकी डलरले घटेको छ। यो १२.५५ प्रतिशतको गिरावट हो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेपनि नेपालमा भने यसको प्रभाव देखिएको छैन।

यतिबेला दसैंको विदाका कारण सुनचाँदी व्यवसायी महासंघले सुनचाँदीको मूल्य कायम गर्दैन्। जसकारण, सुनको मूल्य प्रत्यक्षरुपमा नेपाली बजारमा घटेको छैन। यसबाहेक, सुनको मूल्य घटेपनि अमेरिकी डलरको मूल्य बढ्दा नेपाली बजारमा प्रभान न्यून देखिएको छ।