काठमाडौं– नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको मूल्य घटेको छ। आइतबार तोलामा आठ सय रूपैयाँ बढेको सुनको मूल्य यसदिन प्रतितोला दुई हजार एक सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९४ हजार चार सय रूपैयाँमा किनबेच भइरहेको छ।
आइतबार सुन प्रतितोला दुई लाख ९६ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै, सोमबार चाँदीको मूल्य पनि घटेको छ। आइतबार प्रतितोला चार हजार चार सय ४० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार चार सय १५ पाँच रूपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २५ रूपैयाँ घटेको हो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार एक सय ८९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।






About Us
प्रतिक्रिया