काठमाडौं – गोरखाको चुमनुब्री क्षेत्रमा पहिरोका कारण बूढीगण्डकी नदीमा आएको बाढीले जलविद्युत् आयोजनाको क्याम्पसहित विभिन्न भौतिक पूर्वाधारमा क्षति पुर्याएको छ। प्रारम्भिक विवरणअनुसार चुमनुब्री गाउँपालिका –३, सल्लेरीस्थित ३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजनाको निर्माणस्थलमा रहेको क्याम्प बाढीले बगाएको छ।
बाढीका कारण नदी आसपासका बस्ती, पुल तथा अन्य संरचनामा समेत क्षति पुगेको छ। त्यस्तै, बाढीले दोभान खोला क्षेत्रको बेलीब्रिज बगाएको छ। यसबाट स्थानीय आवागमन तथा निर्माण सामग्री ढुवानीमा समस्या उत्पन्न हुन सक्ने देखिएको छ।
यारु खोला र माछाखोला जलविद्युत् आयोजनासँग सम्बन्धित संरचनामा पुगेको क्षतिबारे पनि प्रारम्भिक विवरण सार्वजनिक भएको छ। यद्यपि, ती आयोजनामा भएको क्षतिको विस्तृत विवरण र आर्थिक नोक्सानीको आधिकारिक मूल्यांकन पुष्टि हुन बाँकी छ।







About Us
प्रतिक्रिया