काठमाडौं – सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी शंकरलाल अग्रवाललाई थुनामुक्त गर्न अस्वीकार गरेको छ। व्यवसायी शंकरलाल अग्रवाललाई थुनामुक्त गर्न माग गर्दै दायर गरिएको बन्दीप्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले विशेष अदालतको आदेशलाई सदर गरेको छ।
सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेलको एकल इजलासले अग्रवाललाई थुनामा पठाउने विशेष अदालतको आदेश सदर गरेको हो।
यसअघि विशेष अदालतका न्यायाधीशहरू वासुदेव आचार्य, हेमन्त रावल र विदुर कोइरालाको इजलासले अग्रवाललाई थुनामा पठाउने आदेश दिएको थियो।






About Us
प्रतिक्रिया