रुकुम पश्चिम – आठबिसकोट नगरपालिका–३ का वडाध्यक्ष केशरमान बिक राष्ट्रसेवक कर्मचारीको कर्तव्य पालनमा बाधा पुर्याएको आरोपमा पक्राउ परेका छन्।
प्रहरीका अनुसार अभद्र व्यवहारसम्बन्धी जाहेरी परेका उनका भाइ गोपाल बिक भन्ने वीरेन्द्र बिकलाई पक्राउ गर्न खोज्ने क्रममा केशरमानले प्रहरी टोलीसँग विवाद, गालीगलौज तथा धकेलापकेल गर्नुका साथै भाइलाई भगाएका थिए। त्यसपछि प्रहरी कर्मचारीमाथि हातपात गरी कपडा समेत च्यातिदिएको आरोपमा उनलाई पक्राउ गरिएको हो।
जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमबाट तीन दिनको म्याद थप गरी उनलाई प्रहरी हिरासतमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार वडाध्यक्ष बिक यसअघि पनि अभद्र व्यवहार र ज्यान मार्ने उद्योगलगायतका मुद्दामा धरौटीमा छुटेका थिए।






About Us
प्रतिक्रिया