दसैँ भन्ने बित्तिकै अधिकांश नेपालीको दिमागमा आउने साझा विषय हो, नयाँ कपडा, मिठा परिकार र ठुलाबडाका हातबाट पाइने दक्षिणा। धार्मिक र सांस्कृतिकसँगै दक्षिणाले पारिवारिक आत्मीयतालाई पनि जोडेको देखिन्छ। परिवारमा ठुलाबडाले कमाएको पैसा केही भाग बाँडेर खुसी साटासाट गर्न दक्षिणाले महत्त्वपूर्ण भूमिका खेल्छ। धेरै बालबालिकाले पाएको दक्षिणालाई खुत्रुकेमा बचत गर्छन्। यसले साङ्केतिक रूपमा आर्थिक अनुशासन सिकाइरहेको हुन्छ।
यसका साथै, दक्षिणाको रकम अभिभावक आफैँले बचत गरिदिएर बीमा गराउन सक्छन्। यसले भविष्यमा बालबालिकाले उच्च शिक्षा हासिल गर्दाका लागि चाहिने रकमको बेलैमा जोहो गर्न सकिन्छ। दसैँमा लुगा, अन्य खर्चहरूमा पनि त्यत्तिकै पनि खर्च गरिन्छ। भनिन्छ नेपालीको वर्ष भरी हुने कूल खर्चको ४० प्रतिशत खर्च दसैँमा नै हुन्छ। दसैँको समयमा आउने बोनस वा गरिने खर्च जोगाएर पनि बीमा गर्न सकिन्छ। जसले भविष्यमा आइपर्ने जोखिमको समयमा सहयोग पुग्छ। पछिल्लो समय बीमाको महत्त्व बढ्दै गएको छ । यस्तो समयमा हामीले आफ्नो र आफ्नो परिवारको भविष्यको सुरक्षालाई पनि बिर्सिनुहुँदैन।
दसैँको दक्षिणाले नयाँ सुरुवातको प्रतीक बोकेर आउँछ र यो समय बीमा पोलिसी लिएर आफ्नो आर्थिक र व्यक्तिगत सुरक्षाको थालनी गर्न उपयुक्त हुन सक्छ। दसैँमा पाइने दक्षिणा मात्रै होइन, जागिर खाइरहेका व्यक्तिहरूले पारिश्रमिकसँग आउने पेस्कीबापतको रकम पनि बचत गर्न सक्छन्। दक्षिणा र पेस्कीको रकम जम्मा गरेर बीमा गर्न सकिन्छ। जसले भविष्यमा आइपर्ने जोखिमको भार कम गर्न सहज हुन्छ।
नयाँ र आधुनिक बीमा पोलिसीहरूले बीमितको सुरक्षणसँगै अन्य पाटोमा पनि फाइदा पुर्याएको समेत छन्। तर, सबै नेपालीहरू अझै पनि बीमाको दायरामा आउन सकेका छैनन्। यही कारण, दसैँको दक्षिणाले बीमाको सुरुवात गर्न सकेमा भविष्यमा आइपर्ने जोखिमलाई आर्थिक रूपमा न्यूनीकरण गर्न सकिन्छ। त्यसैले, यस वर्षको दसैँमा प्राप्त हुने दक्षिणा वा पेस्कीलाई केवल तत्कालको खर्चमा सीमित नराखौँ। आजको सानो बचतलाई भोलिको सुरक्षासँग जोडौँ।






About Us
प्रतिक्रिया