सर्वसाधारणले खरिद गर्न मिल्ने गरी लुम्बिनी विकास बैंकको संस्थापक शेयर बिक्रीमा


काठमाडौं – लुम्बिनी विकास बैंकले सर्वसाधारणले खरिद गर्न मिल्ने गरी संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले दुई संस्थापक शेयरधनीको नाममा रहेको १ लाख ५१ हजार ५५८ कित्ता शेयर बिक्रीमा रोखको हो।

बैंकले यसअघि सो शेयर विद्यमान संस्थापक शेयरधनीका लागि बिक्रीमा राखेकोमा उनीहरूबाट आवेदन नपरेपछि अब उक्त शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो।

सो शेयर खरिद गर्न इच्छुक जो कोही व्यक्ति तथा संस्थाले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र बैंकको मुख्य कार्यालयमा आवेदन दिन सक्नेछन्।