नेप्सेमा झिनो अंकको गिरावट, कारोबार रकम ३ अर्ब ७४ करोड


काठमाडौं – आज शेयर झिनो अंकले घटेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ६.३८ अंकले घटेर बन्द भएको हो। यससँगै बजार २५ सय ७२ दशमलव ३४ को बिन्दुमा पुगेर बन्द भएको छ। यस दिन ३ अर्ब ७४ करोड ८० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, १ करोड ३ लाख कित्ता शेयर किनबेच भएको छ।

आज ३५९ कम्पनीको कारोबार हुँदा १०० कम्पनीको शेयर मूल्य बढेको छ भने १६७ कम्पनीको शेयर मूल्य घटेको छ। त्यस्तै, १२ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ। आज सबैभन्दा बढी घलेम्दी हाइड्रोको शेयर कारोबार भएको छ। आज यस कम्पनीको ३२ करोड २१ लाख रुपैयाँको शेयर कारोबार भएको छ। त्यस्तै, रिलायन्स स्पिनिङ मिल्सको २९ करोड ३६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

आज सबैभन्दा बढी घलेम्दी हाइड्रोका लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ६.२५ प्रतिशतका दरले कमाएका छन्। त्यस्तै, आज सबैभन्दा बढी गुमाउनेमा ग्लोबल आइएमई समुन्नत योजना–२ का लगानीकर्ता रहेका छन्। आज यस कम्पनीका लगानीकर्ताले ५.२६ प्रतिशतका दरले गुमाएका छन्। त्यस्तै, १०.७५ प्रतिशत एसबीएल डिबेन्चर २०८९ का लगानीकर्ताले ४.४१ प्रतिशतका दरले गुमाएका छन्।