काठमाडौंसहित विभिन्न स्थानमा असिनापानी र हावाहुरी, सचेत रहन मौसम पूर्वानुमान महाशाखाकाे आग्रह


काठमाडौं – हाल काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हुरी र असिनासहित पानी परिरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अुनसार काठमाडा उपत्यकालगायत बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङ, हावाहुरी र असिनासहित मध्यमसम्म वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार यतिबेला काठमाडौं उपत्यकालगायत बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन रचट्याङ, हावाहुरी र असिनासहित मध्यमसम्म वर्षा भइरहेको छ।

सचेत गराउँदै मौसम महाशाखाले थप पानी पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेकाे छ। पछिल्लो १ घण्टामा सबैभन्दा धेरै वर्षा अर्घाखाँची सिमलपानी केन्द्रमा ५८.२ मिलिमिटर (भारी वर्षा) भएको छ।