काठमाडौं – बैंकिङ्ग कसुर मुद्दामा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौंको दक्षिणकाली निवासी तथा पुष्पाञ्जली लक्की निर्माण सेवाका सञ्चालक लक्ष्मण थोकर रहेका छन्।
काठमाडौं जिल्ला अदालतले बैंकिङ्ग कसुर मुद्दामा थोकरलाई १ करोड ३ लाख रुपैयाँ बिगो, सोको ५ प्रतिशत जरिवाना तथा ६ महिना कैद सजाय हुने फैसला गरेको थियो। अदालतको फैसला पश्चात् उनी फरार रहेका थिए।
थोकर काठमाडौं उपत्यकाका विभिन्न स्थानमा लुकिछिपी बस्दै आएको भन्ने गोप्य सूचनाका आधारमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौंको महाबौद्धबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार पक्राउ परेका थोकरलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ।






About Us
प्रतिक्रिया