काठमाडौं – प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनलाई कारागार पठाउन अदालतले आदेश दिएको छ । उच्च अदालत पाटनले फैसला गर्दै कारागार पठाउन आदेश दिएको हो । गणेश प्रसाद बराल र राजु कुमार खतिवडाको संयुक्त इजलासले उनलाई बैंकिङ्ग कसुर मुद्दामा दोषी ठहर गरेका हुन् ।
शेरचनले बयानमा गुण एयरलाइन्सलाई कर्जा प्रवाह गर्दा पछि अनुमोदन गराउने गरी संचालक समितिको पूर्व स्वीकृत नलिई ऋण प्रवाह गरेको भन्ने स्वीकार गरेको देखिएको अदालतले जनाएको छ । नेपाल राष्ट्र बैंकको प्रतिवेदन, प्रहरी प्रतिवेदन, प्रतिवादीको अधिकार प्राप्त अधिकारी समक्षको बयान, घटना विवरण कागज गर्ने व्यक्तिहरुको कागज व्यहोरा, सह प्रतिवादीहरुको अधिकारप्राप्त अधिकारी समक्षको बयान, प्रकृया पुरा नगरी कर्जा प्रवाह गरी कर्जा दुरुपयोगमा शेरचन दोषी देखिएका हुन् ।
‘बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा रही निजको जिम्मेवारी र भुमिका लगायत मिसिल संलग्न तत्काल प्राप्त प्रमाणको आधारमा यी प्रतिवादी निर्दोष रहेछन भनी मान्न सकिने अवस्था नहुँदा पछि ठहरे बमोजिम हुने गरी मुद्दा पुर्पक्षको लागि प्रतिवादी अशोक शेरचनलाई कानून बमोजिमको सिधा खान पाउने गरी मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ बमोजिम थुनामा राख्न कानून बमोजिमको थुनुवा पूर्जि दिई सम्बन्धित कारागारमा पठाइदिनू’ अदालतको आदेशमा भनिएको छ ।






About Us
प्रतिक्रिया