आज मन्त्रिपरिषद् बैठक बस्दै


काठमाडौं – प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। बैठक आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले जानकारी दिएका छन्।

बैठकमा सरकारका नियमित कामकारबाही तथा समसामयिक विषयमा छलफल गरी आवश्यक निर्णय गरिने बताइएको छ। मन्त्रिपरिषद् बैठकमा विभिन्न मन्त्रालयका प्रस्ताव तथा सरकारको नियमित प्रशासनिक कामकारबाहीसँग सम्बन्धित विषयमा निर्णय हुन सक्ने जनाइएको छ।