काठमाडौं – कुमारी बैंकले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले सर्वसाधारणले खरिद गर्न मिल्ने गरी संस्थापक शेयरधनीको नाममा रहेको १ लाख कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो।
बैंकले यसअघि सो शेयर विद्यमान संस्थापक शेयरधनीका लागि बिक्रीमा राख्दा उनीहरूबाट खरिदका लागि आवेदन नपरेपछि सो शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको हो।
सो शेयर खरिद गर्न इच्छुक सर्वसाधारणले यो सूचना प्रकाशित भएको आजको मितिले ३५ दिनभित्र आवेदन दिन सक्नेछन्।






About Us
प्रतिक्रिया