नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकम ३ अर्ब ८३ करोड


काठमाडौं – आज शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) १८.०७ अंकले बढेर बजार २५ सय ६० दशमलव ८४ को बिन्दुमा कायम भएको छ। त्यससँगै ३ अर्ब ८३ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ। त्यस्तै, ९२ लाख ९८ हजार कित्ता शेयर कारोबार भएको छ।

आज ३५२ कम्पनी कारोबारमा आउँदा १९५ कम्पनीको शेयर मूल्य बढेको छ भने ७९ कम्पनीको शेयर मूल्य घटेको छ। त्यस्तै, ४ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ।

आज सबैभन्दा बढी रिलायन्स स्पिनिङ मिल्सको शेयर कारोबार भएको छ। आज यस कम्पनीको २५ करोड २१ लाख रुपैयाँको शेयर कारोबार भएको हो। त्यस्तै, गरिमा विकास बैंकको १७ करोड ८८ लाख रुपैयाँको शेयर कारोबारको भएको छ।

आज सबैभन्दा बढी पियोर इनर्जीका लगानीकर्ता कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, गणपति लघुवित्तका लगानीकर्ताले ७.३५ प्रतिशतका दरले कमाएका छन्। त्यस्तै, आज सबैभन्दा बढी गुमाउनेमा इमर्जिङ नेपाल, सिन्धु विकास बैंकका लगानीकर्ता रहेका छन्। आज यी दुई कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले गुमाएका हुन्।