काठमाडौं – नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। कार्यकारी निर्देशक पदमा कार्यरत रावललाई आज बसेको मन्त्रिपरिषद् बैठकले डेपुटी गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो।
उनी हाल बैंक सुपरिवेक्षण विभागमा कार्यरत छन्। राष्ट्र बैंकमा २० वर्ष लामो अनुभव संगालेका उनी आज राष्ट्र बैंकको डेपुटी गभर्नर पदमा नियुक्त भएका हुन्। सरकारले केही समयअघि मात्रै अर्को डेपुटी गभर्नर पदमा राष्ट्र बैंकका कार्यकारी निर्देशक किरण पण्डितलाई नियुक्त गरेको थियो।






About Us
प्रतिक्रिया