काठमाडौं – आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ०.२६ अंकले घढ्दा ५ कम्पनीको शेयर मूल्यमा भने उच्च वृद्धि देखिएको छ। आज माउन्ट एभरेष्ट पावर, सर्वोत्तम पेन्ट्स, आरबीबी म्यूचुअल फण्ड १, ८.५ प्रतिशत लक्ष्मी बैंक डिबेन्चर २०८८ र ९.५ प्रतिशत एनसीसी डिबेन्चर २०८६ को शेयर मूल्यमा उच्च वृद्धि देखिएको हो।
आज माउन्ट एभरेष्ट पावरका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन्। त्यस्तै, सर्वोत्तम पेन्ट्सका लगानीकर्ताले १४.९८ प्रतिशत, आरबीबी म्यूचुअल फण्ड १को ३.०९ प्रतिशत, ८.५ प्रतिशत लक्ष्मी बैंक डिबेन्चर २०८८ र ९.५ प्रतिशत एनसीसी डिबेन्चर २०८६ का लगानीकर्ताले ३ प्रतिशतका दरले कमाएका छन्।
आज सबैभन्दा बढी गुमाउनेमा मनकामना इन्जीनेरिङ हाइड्रोपावरका लगानीकर्ता रहेका छन्। आज यस कम्पनीका लगानीकर्ताले ८.४५ प्रतिशतका दरले गुमाएका हुन्।






About Us
प्रतिक्रिया