काठमाडौं – आज शेयर बजार सामान्य अंकले घटेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ०.२६ अंकले घटेर बजार २६ सय २२ दशमलव दशमलव २२ को बिन्दुमा बन्द भएको हो।
आज कारोबार रकम समेत घटेर ३ अर्ब २९ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ। त्यस्तै, ९५ लाख ८ हजार कित्ता शेयर किनबेच भएको छ। आज ३४६ कम्पनी कारोबारमा आउँदा ११० कम्पनीको शेयर मूल्य बढेको छ भने १५० कम्पनीको शेयर मूल्य घटेरसँगै १८ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ।
आज सबैभन्दा बढी साहस उर्जाको शेयर कारोबार भएको छ। आज यस कम्पनीको १७ करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ। त्यस्तै, सोलु हाइड्रोपावरको १६ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ। आज सबैभन्दा बढी माउन्ट एभरेष्ट पावरको शेयर कारोबार भएको छ। आज यस कम्पनीको १४.९९ प्रतिशतका दरले कमाएका हुन्।
त्यस्तै, सर्वोत्तम पेन्ट्सका लगानीकर्ताले १४.९८ प्रतिशतका दरले कमाएका छन्। आज सबैभन्दा बढी गुमाउनेमा मनकामना इन्जीनेरिङ हाइड्रोपावरका लगानीकर्ता रहेका छन्। आज यस कम्पनीका लगानीकर्ताले ८.४५ प्रतिशतका दरले गुमाएका हुन्।






About Us
प्रतिक्रिया