यी हुन् आज नेप्सेमा सर्वाधिक कमाउने ५ कम्पनी


काठमाडौं – आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) १९.३४ अंकले घट्दा समेत ५ कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। आज ३४७ कम्पनी कारोबारमा आउँदा ५७ कम्पनीको शेयर मूल्य घटेको छ। जसमा सर्वोत्तम पेन्ट्स, माउन्ट एभरेष्ट पावर, मनकामना इन्जिनियरिङ हाइड्रोपावर, माथिल्लो मैलुङ खोला र एचएलआई लार्ज क्याप फण्डको शेयर मूल्यमा उच्च वृद्धि आएको छ।

जसमध्ये सबैभन्दा बढी सर्वोत्तम पेन्ट्सका लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, माउन्ट एभरेष्ट पावरको १४.९८ प्रतिशत, मनकामना इन्जिनियरिङ हाइड्रोपावरको ४.७८ प्रतिशत, माथिल्लो मैलुङ खोलाको ३.६४ प्रतिशत र एचएलआई लार्ज क्याप फण्डको ३.५७ प्रतिशतका दरले कमाएका छन्।

आज सबैभन्दा बढी गुमाउनेमा सगरमाथा जलविद्युतका लगानीकर्ता रहेका छन्। आज यस कम्पनीका लगानीकर्ताले १०.६३ प्रतिशतका दरले गुमाएका हुन्। त्यस्तै, खानीखोला हाइड्रोपावरका लगानीकर्ताले ९.६७ प्रतिशतका दरले गुमाएका छन्।