काठमाडौं – आज साताको दोस्रो कारोबारको दिन मंगलबार समेत शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) १९.३४ अंकले घटेर बजार २६ सय २२ दशमलव ४८ को बिन्दुमा बन्द भएको हो। आज ५ अर्ब ७ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ, भने १ करोड ५१ लाख कित्ता शेयर किनबेच भएको छ। आज ३४७ कम्पनी कारोबारमा आउँदा ५७ कम्पनीको शेयर मूल्य बढेको छ भने २१७ कम्पनीको शेयर मूल्य घटेरसँगै ५ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ।
आज सबैभन्दा बढी एग्रिकल्चरल बोन्ड शेयर कारोबार भएको छ। आज यस कम्पनीको ५० करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ। त्यस्तै, सोलु हाइड्रोपावरको ३९ करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ। आज सबैभन्दा बढी सर्वोत्तम पेन्ट्सका लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, माउन्ट एभरेष्ट पावरका लगानीकर्ताले १४.९८ प्रतिशतका दरले कमाएका छन्।
आज सबैभन्दा बढी गुमाउनेमा सगरमाथा जलविद्युतका लगानीकर्ता रहेका छन्। आज यस कम्पनीका लगानीकर्ताले १०.६३ प्रतिशतका दरले गुमाएका हुन्। त्यस्तै, खानीखोला हाइड्रोपावरको ९.६७ प्रतिशतका दरले गुमाएका छन्।






About Us
प्रतिक्रिया