काठमाडौं – नेपाल एसबिआई बैंकको संचालक समितिको अध्यक्षमा मुनीष कुमार चान्दना चयन भएका छन्। बैंकको आज अर्थात् साउन २७ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले चान्दनालाई अध्यक्ष पदमा चयन गरेको हो।
बैंकको संस्थागत शेयरधनी भारतीय स्टेट बैंक (एसबीआई)को तर्फबाट संचालक तथा अध्यक्षको रुपमा प्रतिनिधित्व गर्दै आएका वेंकट वंसीधर कुंचाको स्थानमा चान्दना मनोनयन भएका हुन्।
साथै, बैंकको ५४८ बैठकले चान्दनालाई सञ्चालकको रुपमा नियुक्त समेत गरेको बैंकले जनाएको छ।







About Us
प्रतिक्रिया