३ दिनमा १३ हजार १ सय रुपैयाँले बढ्दै सुनको मूल्य पुनः तीन लाख नजिक


काठमाडौं – नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको मूल्य बढेको छ। बिहीबार तोलामा आठ हजार रूपैयाँ बढेको सुनको मूल्य यसदिन प्रतितोला नौ सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९६ हजार नौ सय रूपैयाँमा किनबेच भइरहेको छ। बिहीबार सुन प्रतितोला दुई लाख ९६ हजार रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। बिहीबार तोलामा चार हजार पाँच सय ७० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार चार हजार पाँच सय ८० रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ बढेको हो।