हिमाल डेन्टल हस्पिटलले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल


काठमाडौं – हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्सले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आफ्नो जारी पुँजीको २० प्रतिशत साधारण शेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले आईपीओ निष्कासन प्रयोजनका लागि मुक्तिनाथ क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सम्झौतापत्रमा हिमाल डेन्टल हस्पिटलका अध्यक्ष राजेन्द्रप्रसाद भट्ट र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन्।