काठमाडौं – आज शेयर बजार एकोहोरो अंकले बढेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७.५० अंकले बढेर बजार २५ सय ९७ दशमलव ८० को विन्दुमा बन्द भएको छ। आज १५१ कम्पनीको शेयर मूल्य बढेको छ भने १५१ कम्पनीको शेयर मूल्य घटेको छ।
यससँगै ३ कम्पनीको शेयर मूल्य भने स्थिर देखिएको छ। आज दिनभरिमा कारोबारमा आएका ३७१ कम्पनीको ९४ लाख ६९ हजार कित्ता शेयर किनबेच भएको छ भने ४ अर्ब ५६ करोड रुपैयाँ माथिको शेयर कारोबार भएको छ। आज सबैभन्दा धेरै सिंगटी हाइड्रो इनर्जीको शेयर कारोबार भएको छ। आज यसको २४ करोड ७४ लाख रुपैयाँको कारोबार भएको छ। त्यस्तै, ८.५ प्रतिशत सानिमा डिबेन्चर २०८७ को २३ करोड २ रुपैयाँको कारोबार भएको छ।
आज सबैभन्दा धेरै एनआइबीए ग्रोथ फण्डका लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले १४.९६ प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, फस्र्टमाइक्रो फाइनान्सका लगानीकर्ताले १४.६७ प्रतिशतका लगानीकर्ताले कमाएका छन्। त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ८.७७ प्रतिशतका दरले गुमाएका हुन्।






About Us
प्रतिक्रिया