काठमाडौं – शेयर बजारमा मा सामान्य वृद्धि भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६ दशमलव ११ अंकले बढेर २,५७६ को विन्दुमा कायम भएको छ। आज १६४ कम्पनीको शेयर मूल्य बढेको छ भने १०१ कम्पनीको शेयर मूल्य घटेको छ।
आज दिनभरिमा ३८३ कम्पनीको १ करोड ८२ लाख ९३ हजार ५९६ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ४१ करोड माथिको शेयर कारोबार भएको छ। हिजोको तुलनामा आज कारोबार रकम पनि बढेको हो। आज सबैभन्दा धेरै केबिएल डिबेञ्चर २०९० को इकाई कारोबार भएको छ।
आज यसको ५२ करोड ७१ लाख रुपैयाँको इकाई कारोबार भएको छ। एनएमबि डिबेञ्चरको ३९ करोड १६ लाख रुपैयाँको इकाई कारोबार भएको छ। नेपाल एसबिआई बैंक डिबेञ्चरको ३७ करोड ५१ लाख रुपैयाँको इकाई कारोबार भएको छ।
आज सबैभन्दा धेरै कामना सेवा विकास बैंक डिबेञ्चरका इकाईधनीले कमाएका छन्। आज यसका इकाईधनीले १० दशमलव २२ प्रतिशतका दरले कमाएका हुन्। सांग्रिला डेभलपमेन्ट बैंक डिबेञ्चरका इकाईधनीले ९ दशमलव ८२ प्रतिशतका दरले कमाएका छन्। उपकार लघुवित्तका लगानीकर्ताले ९ दशमलव १९ प्रतिशतका दरले कमाएका हुन्।
आज सबैभन्दा धेरै नेपाल एसबिआई बैंक डिबेञ्चरका इकाईधनीले गुमाएका छन्। आज यसका इकाईधनीले ९ दशमलव ६८ प्रतिशतका दरले गुमाएका हुन्।






About Us
प्रतिक्रिया