काठमाडौं – आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज(नेप्से) दोहोरो अंकले घटेर बन्द भएको छ। आज नेप्से परिसूचक ३० दशमलव ६० अंकले घटेर २,५७० को विन्दुमा कायम भएको छ। आज २२ कम्पनीको शेयर मूल्य बढेको छ भने २४९ कम्पनीको शेयर मूल्य घटेको छ।
आज दिनभरिमा ३६८ कम्पनीको ४ करोड १७ लाख २५ हजार ३२३ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ४६ करोड माथिको शेयर कारोबार भएको छ। आज सबैभन्दा धेरै एनएमबि डिबेञ्चर २०७९ ८८ को इकाई कारोबार भएको छ। आज यसको ४८ करोड ४६ लाख रुपैयाँको इकाई कारोबार भएको हो। एनआइसी एशिया डिबेञ्चर २०८५ ८६ को ४६ करोड ६५ लाख रुपैयााको इकाई कारोबार भएको छ। एभरेष्ट बैंक डिबेञ्चरको ३७ करोड १० लाख रुपैयाँको इकाई कारोबार भएको छ।
आज सबैभन्दा धेरै सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन्। आज यसका लगाानीकर्ताले ५ दशमलव ३७ प्रतिशतका दरले कमाएका हुन्। सिटिजन्स बैंक डिबेञ्चर २०८६ का यकाईधनीले ५ दशमलव ३१ प्रतिशतका दरले कमाएका छन्। आत्मानिर्भर लघुवित्तका लगानीकर्ताले ५ प्रतिशतका दरले कमाएका छन्।
आज सबैभन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन्। आज यसका लगानीकर्ताले ११ दशमलव २८ प्रतिशतका दरले गुमाएका हुन्। आज १३ वटै उपसूचक राताम्मे बन्दा जम्मा २२ कम्पनीको शेयरमूल्य बढेको छ भने २४९ कम्पनीको शेयरमूल्यमा गिरावट आएको छ।






About Us
प्रतिक्रिया