साताको सुन कारोबार: २९ सय रुपैयाँले घट्यो मूल्य


काठमाडौं – यो साताको आइतबार नेपाली बजारमा सुनको मूल्य ४ सय रुपैयाँले घट्यो। सो दिन प्रतितोला सुन दुई लाख ९० हजार तीन सय रुपैयाँमा किनबेच भयो। आइतबार घटेको सुनको मूल्य सोमबार पनि तोलामा नौ सय रुपैयाँले घट्यो। त्यसदिन प्रतितोला सुन  दुई लाख ८९ हजार चार सय रुपैयाँमा किनबेच भयो।

आइतबार र सोमबार दुवै दिन घटेको सुनको मूल्य मङ्गलवार पनि घट्यो। मङ्गलवार तोलामा १ हजार ४ सय रुपैयाँले घट्दै प्रतितोला दुई लाख ८८ हजार रुपैयाँमा किनबेच भयो।

यस्तै, बुधबार ३ हजार ६ सय रुपैयाँले बढ्दै प्रतितोला सुन २ लाख ८३ हजार ५ सय रुपैयाँमा किनबेच भयो। बुधबार पनि ९ सय रुपैयाँले घट्दै  प्रतितोला सुन दुई लाख ८७ हजार एक सय रुपैयाँमा कारोबार भयो। 

यो साताको बिहीबार पनि सुनको मूल्य तोलामा २ हजार ४ सय रुपैयाँले घट्दै  प्रतितोला दुई लाख ८४ हजार सात सय रुपैयाँमा किनबेच भयो। साताका अन्य चार दिन लगातार घटेको सुनको मूल्य शुक्रबार भने बढ्यो। शुक्रबार २७ सय रुपैयाँले बढ्दै प्रतितोला सुन २ लाख ८७ हजार ४ सयमा कारोबार भयो। समग्रमा यो साता सुनको मूल्यमा २ हजार ९ सय रुपैयाँले घटेको छ।