नेपालीको जीवन रक्षाका लागि भारत लैजाने तयारी थियोः गृहमन्त्री गुरुङ


काठमाडौं – गृहमन्त्री सुधन गुरुङले आत्मदाहको प्रयास गरेका गणेश नेपालीलाई उपचारका लागि भारत लैजाने तयारी गरिएको तर निजको स्वास्थ्य अवस्था अस्थिर भएको चिकित्सकहरुले बताएपछि त्यता लैजान नसकिएको स्पष्ट पारेका छन्। प्रतिनिधिसभाको आजको बैठकमा समय मन्त्री गुरुङले नेपालीलाई भारत लैजान भारतसँग समन्वय पनि गरेको बताए।

मन्त्री गुरुङले स्थानीय र प्रदेश सरकार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नभएको उल्लेख गर्दै नेपालीको सवारीमा काठमाडौं नगरपालिकाको प्रहरीले ‘ह्विल लक’ लगाएको बताए।

मन्त्री गुरुङले प्रहरी नायब महानिरीक्षक (डिआइजी) गोविन्द थपलियाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिए। छानबिनका लागि महानगरीय प्रहरी बलका पाँच जनालाई नियन्त्रणमा लिइएको उनको भनाइ छ।