नेप्सेमा १९.६७ अंकको गिरावट, कारोबार रकम ४ अर्ब बढी


काठमाडौं – आज शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ। आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) १९.६७ अंकले घटेर बजार २६ सय १ दशमलव ९२ को विन्दुमा कायम भएको छ। आज ३६१ कम्पनी कारोबारमा आउँदा ४२ कम्पनीको शेयर मूल्य बढेको छ भने, २२९ कम्पनीको शेयर मूल्य घटेको छ। यससँगै, ६ कम्पनीको शेयर मूल्य भने स्थिर देखिएको छ। आज दिनभरिमा ८७ लाख ५१ हजार ३८० कत्ता शेयर किनबेच हुँदा ४ अर्ब ६१ करोड माथिको शेयर कारोबार भएको छ।

आज सबैभन्दा धेरै ग्लोबल आईएमइ बैंक लिमिटेड डिबेन्चर २०८६/८७ को शेयर कारोबार भएको छ। आज यस कम्पनीको ३५ करोड ५८ लाख रुपैयाँको शेयर कारोबार भएको छ। त्यस्तै, १०.७५ प्रतिशत एसबीएल डिबेन्चर २०८९ का लगानीकर्ताले २८ करोड ६५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

सबैभन्दा धेरै उपकार लघुवित्तका लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले १२.६८ प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै स्नो रिभर्सका लगानीकर्ताले ११.७६ प्रतिशतका दरले कमाएका छन्। यससँगै, आज सबैभन्दा बढी गुमाउनेमा बी ओके डिबेन्चर २०८६ ‘के’ का लगानीकर्ता रहेका छन्। आज यस कम्पनीका लगानीकर्ताले ८.६६ प्रतिशतका दरले गुमाएका छन्। त्यस्तै, सालपा विकास बैंकका लगानीकर्ताले ८.२८ प्रतिशतका दरले गुमाएका छन्।