कर्जा प्रवाह, ब्याजदर तथा वित्तीय ग्राहक संरक्षण सम्बन्धी निर्देशनहरू पुनर्लेखन गर्दै केन्द्रीय बैंक


काठमाडौं – नेपाल राष्ट्र बैंकले सरल नियमन र सुदृढ सुपरिवेक्षण कार्यलाई जोड दिन भाषागत जटिलता र दोहोरोपना हटाई बैंक तथा वित्तीय संस्थालाई जारी गरिएका निर्देशनहरूलाई सरलीकरण गर्दै लगिने बताएकाे छ।

आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति प्रस्तुत गर्दै गभर्नर डा.विश्वनाथ पौडेलले यस्तो बताएका हुन्। उनले यसका लागि प्रथम चरणमा कर्जा प्रवाह, ब्याजदर तथा वित्तीय ग्राहक संरक्षण सम्बन्धी निर्देशनहरू पुनर्लेखन गरिने बताएका छन्।