काठमाडौं– अभियान लघुवित्त वित्तीय संस्थाले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ। संस्थाले ११ जना संस्थापक शेयरधनीको नाममा रहेको ६७ हजार ३५० कित्ता शेयर बिक्रीमा राखेको हो।
संस्थाले सो शेयर खरिदका लागि संस्थापक शेयरधनीलाई नै प्राथमिकतामा राखेर बिक्रीमा ल्याएको हो। सो शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले यो सूचना प्रकाशित भएको आजको मितिले ३५ दिनभित्र संस्थाको केन्द्रिय कार्यालयभित्र आवेदन दिन सक्नेछन्।






About Us
प्रतिक्रिया